विश्वको सबैभन्दा शक्तिशाली टेलिस्कोप मेगलनको निर्माण कार्य भइरहेको छ । जुन अहिले अस्तित्वमा रहेको कुनै पनि स्पेस टेलिस्कोपभन्दा धेरै शक्तिशाली हुनेछ ।
नासाद्धारा बनाउन लागिएको मेगलन नामको सो टेलिस्कोपको बजेट २० करोड ५० लाख अमेरिकी डलर अर्थात करिब २६ अर्ब नेपाली रुपैयाँको लगानी हुनेछ । नासाका अनुसार मेगलन टेलिस्कोपले ब्रह्माण्डको रहस्य खोल्न मद्दत गर्नेछ बताउछन् । नासाद्धारा बनाउन लागिएको यो जायन्ट मेगलन टेलिस्कोप १२ तले अग्लो भवन जतिकै हुनेछ ।
.
यस टेलिस्कोपको माध्यमबाट वैज्ञानिकहरूले अन्तरिक्षमा अझै विस्तृत रूपमा हेर्ने सक्नेछन् । किनभने यसमा प्रकाश जम्मा गर्ने क्षेत्र जेम्स वेब स्पेस टेलिस्कोपको भन्दा १० गुणा बढी हुनेछ ।
नासा टेलिस्कोप बोर्डका अध्यक्ष डा. वाल्टर मेसीले विज्ञप्तिमा भने ‘हामी विश्वभरमा रहेका अग्रणी स्पेस अनुसन्धान संस्थाहरूका उत्कृष्ट वैज्ञानिक र इन्जिनियरहरूसँग काम गरिरहेका छौं । मेगलन टेलिस्कोपमा लगाइने लगानीले हामीलाई अन्तरिक्षका भित्री सीमाहरू अध्ययन अनुसन्धान गर्न मद्दत गर्नेछ । यो टेलिस्कोपले हामीलाई विज्ञान सम्बन्धी प्रमुख प्रश्नहरुको जवाफ दिनेछ । जसमध्ये एउटा प्रश्न के हामी ब्रह्माण्डमा भएको एकमात्र जिवित प्राणी हौं । ?
यस शक्तिशाली टेलिस्कोपको निर्माण धेरै वर्षदेखि भइरहेको छ । यसलाई मेगलन टेलिस्कोप अर्गनाइजेसनले बनाईरहेको छ । जुन एक अन्तर्राष्ट्रिय कन्सोर्टियम हो । जसमा अमेरिका, दक्षिण कोरिया, अष्ट्रेलिया, ब्राजिल, फ्रान्स, इटाली र चिलीका स्पेस संस्थाहरू सामेल छन् ।
यो टेलिस्कोप सन् २०२९ सम्ममा निर्माण हुने अपेक्षा वैज्ञानिकहरुले गरेका छन । वैज्ञानिकहरुका अनुसार मेगलनको ऐना करिब ८२ फिटको हुनेछ । जेम्स वेब टेलिस्कोपको ऐना २१ फिट अग्लो छन् । अर्थात मेगलनको ऐना जेम्स बेवको भन्दा ६१ फिट अग्लो छ । जेम्स वेब टेलिस्कोप बनाउन १० बिलियन डलर लाग्यो भने मेगलन बनाउन मात्र १ बिलियन डलर लाग्नेछ ।
यस टेलिस्कोप संरचनाको ४० हजार वर्ग फिट पहिले नै रकफोर्ड, इलिनोइसमा निर्माण भइसकेको छ । अब बाकिको संरचना चिलीमा निर्माण गर्नका लागि तयारी भइरहेको छ ।






























प्रतिक्रिया