काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये सत्तारुढ दल नेकपाद्वारा गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने भएको छ । मंगलबार बिहान भएको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल बीचको छलफल पछि आगामी शनिबारका लागि प्रतिवेदनमाथि छलफल गर्न सचिवालय बैठक बोलाइएको हो । गत साउन ३० गते दुई अध्यक्ष बीचको सहमतिमा ६ सदस्यीय कार्यदल गठन गरिएको थियो ।
त्यस्तै पछिल्लो समय नेपालको व्यापार घाटा घटेको छ । आर्थिक वर्ष २०७६÷७७ मा कूल वस्तु व्यापार घाटामा १६.८ प्रतिशतले कमि आएको तथ्यांकले देखाएको हो ।
हाल विश्वमा विभिन्न सात वटा कम्पनीले भ्याक्सिन निर्माण गरी त्यसको क्लिनकल ट्रायलको तेस्रो चरणमा पुगेको जनाएका छन् । तीनवटा कम्पनीसँग मिलेर नेपालमा पनि क्लिनिकल ट्रायल गर्न प्रस्ताव गरेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले जनाएको छ । जसमा, रुस, चीन र अक्सफोर्ड विश्वविद्यालयको समूहले तयार पारेको भ्याक्सिन रहेका छन् ।
त्यस्तैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले आर्थिक वर्ष २०७६÷७७ को आर्थिक प्रगति विवरण पुस्तिका सार्वजनिक गरेको छ । पुस्तिका अनुसार महामारीकाबीच पनि अघिल्लो आर्थिक वर्षमा समग्रतामा ६० प्रतिशत सकारात्मक प्रगति हासिल भएको उल्लेख गरिएको छ ।
गत मार्चमा पाराग्वेमा पक्राउ परेका ब्राजिलका लेजेण्ड फुटबलर रोनाल्डिन्हो नजरबन्दबाट मुक्त भएका छन् । पाराग्वेको नक्कली पासपोर्ट प्रयोग गरेको आरोपमा ५ महिना जेल बसेका रोनाल्डिन्हो जेलबाट मुक्त भएका हुन् । पाराग्वेका न्यायाधीश गुस्टाभो आमरिलाले रोनाल्डिन्होलाई जेलमुक्त गर्ने फैसला गरेका थिए । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..





























प्रतिक्रिया