काठमाडौं ।
नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहलाई कोरोना संक्रमण भएको छ ।
शाहले शनिबार गरिएको पिसिआर परीक्षण पोजेटिभ देखिएको जानकारी दिएका छन् ।
गत बुधबारदेखि आफूलाई गन्ध थाहा नपाउने लक्षण देखिएकाले परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको उनले बताएका छन् । सामाजिक संजालमा स्टाटस लेख्दै उनले आफू छिट्टै निको हुने विश्वास व्यक्त गरेका छन् । उनले आफू अहिले घरमै होम आइशोलेशनमा रहेको पनि बताएका छन् ।
प्रतिक्रिया