राजविराज, ३० भदौ
सप्तरीको राजविराज–१ बाट नेपाली काँग्रेसका उम्मेदवार आनन्द झाको घरमा चोरी भएको छ । राजविराज नगरपालिका–१, पडरिया निवासी झा सोही वडाका लागि यही असोज २ गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि वडाध्यक्षका उम्मेदवार हुन । मंगलबार राति जितिया पर्वको अवसरमा घरका सबै सदस्य छिमेकमा भइरहेको नाच हेर्न गएको बेला मौका छोपेर चोरले घरको मुख्य द्वारमा लगाइएका तीनवटा ताला तोडेर चोरी गरेको पीडितले जानकारी दिएका छन् । झाको घरबाट नगद एक लाख, १० तोला सुन, एक किलो चाँदी र एउटा एपल मोबाइल लगायतका सरसमान चोरी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यता चोरी गर्ने गिरोहको तीव्ररुपमा खोजी कार्य भइरहेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । रासस































प्रतिक्रिया