काठमाडौं

सचिवालय अव्यवस्थित भएपछि सभापतिले सभामुख गुहारेका छन् । प्रतिनिधिसभामा रहेका १० वटा समितिमा केही सभापतिको कार्यकक्ष र सचिवालय फरक फरक भएपछि सभापतिले गुनासो गरेका हुन् । "/>

किन गुहारे सभापतिहरूले सभामुखलाई ? यस्तो छ कारण !

किन गुहारे सभापतिहरूले सभामुखलाई ? यस्तो छ कारण !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

सचिवालय अव्यवस्थित भएपछि सभापतिले सभामुख गुहारेका छन् । प्रतिनिधिसभामा रहेका १० वटा समितिमा केही सभापतिको कार्यकक्ष र सचिवालय फरक फरक भएपछि सभापतिले गुनासो गरेका हुन् ।

आइतबार कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले सभामुख कृष्णबहादुर महरालाई ल्याएर सचिवालय अव्यवस्थित भएको भन्दै व्यवस्थापनका लागि पहल गरिदिन आग्रह गर्नुभयो । ‘जुन ढंगले सचिवालय हुनुपर्ने हो भएन, सभापतिको कार्यकक्ष र सचिवालय अलग ठाउँमा भएपछि काम गर्न समस्या आउने भयो ’, सभापति पोखरेलले भने – ‘कहिलेकाहीं त समितिको बैठक कहाँ चलाउने भन्ने समस्या भएको छ ।’

पोखरेल बेग्लै भवनमा गएर बैठक सञ्चालन गर्दै आउनुभएको छ । कृषि तथा प्राकृतिक स्रोत समितिले क्यान्टिन माथि बैठक चलाउँदै आएको छ । समिति सभापति पूर्णाकुमारी सुवेदी पनि पोखरेल बस्ने भवनमा बस्नुहुन्छ । भइरहेका समिति कक्ष पनि भौतिक पूर्वाधारले कमजोर भएको गुनासो आउने गरेको छ । यो कक्ष अरुभन्दा राम्रो भएकाले धेरैले लोभ गरेका छन् ।

संसद सचिवालयले गर्ने विशेष प्रकारका कार्यक्रम पनि यहीं हुने गरेका छन् । आफ्नै बैठक कक्ष नभएपछि सांसदहरु पनि बैठक कोठा खोज्दैमा हैरान भएका छन् । क्यान्टिन छेउमा बनाइएको भवनमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र विकास तथा प्रविधि समितिको बैठक कक्ष छुट्याइएको छ ।

सभापतिको कार्यकक्ष रहेको भवनमा बैठक कक्ष राम्रो नभएपछि सबैजसो सभापतिले राम्रो र सुविधा सम्पन्न भवन नै ताक्ने गरेका छन् । सभामुख महराले अरु सभापतिको पनि गुनासो आएकाले यसलाई व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभयो । ‘अलिकति असहज नै रहेछ, सचिवालयलाई व्यवस्थित नहुँदा बैठक सञ्चालनमा गाह्रो नै होला’ –सभामुखले सभापति पोखरेलसँग भन्नुभयो । सभामुखले सबै समितिको अवलोकन गरिसक्नुभएको छ ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo