अल्मुताइरीले नेपाली फुटबललाई बिगारे : किरण चेम्जोङ

अल्मुताइरीले नेपाली फुटबललाई बिगारे : किरण चेम्जोङ

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय फुटबल टोलीका  गोलकिपर किरणकुमार चेम्जोङले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी ले नेपाली फुटबल टोलीलाई बिगारेको आरोप लगाएका छन् । बुधबार बंगलादेशविरुद्ध आयोजना हुने अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलका लागि अभ्यासको क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै गोलकिपर चेम्जोङले राष्ट्रका लागि खेल्ने खेलाडीलाई छाडेर एन्फाले क्षणिक समयका लागि आउने प्रशिक्षको कुरा सुन्दा सिंगो फुटबल टोलीमा फाटो आएको टिप्पणी गरे ।

१४ वर्षसम्म निरुन्तर रुपमा राष्ट्रिय फुटबल टिमबाट खेलेका चेम्जोङसहितका १० खेलाडीले सेवा सुविधाका लागि माग गर्दा प्रशिक्षक अलमुताईरी र खेलाडीबीच विवाद भएको थियो । विवादसँगै बन्द प्रशिक्षणबाट बाहिरिएका खेलाडीलाई बाहिर राखेर अल्मुताइरीले नयाँ टिम बनाएका थिए  । जस यताका कुवेत भ्रमणसहितका केही खेलबाट चेम्जोङसहितका खेलाडीहरु वञ्चित रहेका थिए ।

गोलकिपर चेम्जोङले अन्य खेलाडी भन्दा आफूले टिमलाई विचलित बनाउने कुरा नगर्दा समेत टिमबाट आफू निष्कासित हुनुपरेको बताए । बिना कारण टिमबाट निकालिँदा सञ्चार माध्ययमले सहयोग गर्ने अपेक्षा राखे पनि प्रशिक्षकलाई कुनै प्रश्न नगरेको गुनासो गरे । चेम्जोङले अल्मुताइरीले आफूलाई टोली भन्दा बाहिर राख्दा दुःख नलागेको तर प्रशिक्षकले नै टोली बिगार्दा भने दुःख लागेको उल्लेख गरे । तत्कालका लागि नेपालमा फुटबल गतिविधि नभएको अवस्थामा नेपाली टोलीले असोजमा बंगलादेशसँको मैत्रिपूर्ण खेल खेल्न लागेको छ ।

सोही मैत्रिपूर्ण खेलका लागि नेपाली टोलीका गोलकिपर किरण चेम्जोङ पनि टोलीमा समावेश छन् । आगामी असोज ११ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुन लागेको बंगलादेशबिरुद्धको मैत्रीपूर्ण खेलमा नेपाली टोलीलाई सुखद् नतिजा दिलाउने प्रतिवद्धता प्रदीप हुमागाईले जनाए । जस अनुसार अहिले नेपाल टोली प्रशिक्षणमा रहेको छ ।

एक सातको अभ्यासमा अहिले टोली सामान्य लयका लागि प्रयास गरिरहेको छ । प्रमुख प्रशिक्षक हुमागाईले छिट्टै टोलीलाई घटाउने भनेपनि एक साता बितिसक्दा टोलीको संख्या घटेको छैन । पहिलो कार्यसमितिले बाहिरिएका खेलाडीलाई राष्ट्रिय टोलीमा फर्काउने निर्णय भए अनुसार हुमागाईले अलमुताइरीले निकालेका खेलाडीलाई समावेश गर्दै टोलीमा फर्काएका हुन् । 

 

Logo