प्रदीप खड्काको आक्रोश : चोकमा प्रोजेक्ट राखेर फिल्म चलाउँछौँ

प्रदीप खड्काको आक्रोश : चोकमा प्रोजेक्ट राखेर फिल्म चलाउँछौँ

केन्द्रबिन्दु
0
Shares

अभिनेता प्रदीप खड्काले चलचित्र प्रकाशलाई हलहरुमा प्रदर्शनको लागि स्थान नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।शुक्रबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाली कथावस्तु बोकेको बौद्धिक चलचित्रलाई हलहरुले प्रदर्शनको लागि स्थान नदिएको गुनासो गरे ।

अभिनेता दर्शकको माग आइरहेको अवस्थामा समेत आफूलाई निशाना बनाएर हलहरुले स्थान नदिएको उनको गुनासो थियो  । अभिनेता खड्काले प्रकाशलाई ३ बजेपछिको शोजहरु पनि नदिएको र बिहानको शोहरु पनि नदिएको बताए ।

उनले ठूलो हलहरुले नै नेपाली फिल्मलाई बेवास्ता गरेको भन्दै अब फिल्म चोकचोकमा प्रोजेक्टर लगाएर देखाउनुपर्ने भएको जनाए । उनले प्रकाश फिल्म पैसा कमाउनका लागि नभइ कर्णालीको कथा देखाउने मुल उद्देश्य रहेको बताए ।

अभिनेता खड्काले शो नपाए चोक चोकमा प्रोजेक्टर लगाएर फिल्म चलाउने बताए । अभिनेता खड्काले सिनेघर सञ्चालकहरुको नियतमा खोट रहेको दाबी गरे ।  

Logo