केन्याविरुद्ध नेपाल अलआउट

केन्याविरुद्ध नेपाल अलआउट

केन्द्रबिन्दु
0
Shares

नेपालले घरेलु टोली केन्याविरुद्ध दोस्रो एकदिवसीयमा मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।  

नैरोबीमा रहेको जिमखाना क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले ४९. २ ओभरमा अलआउट हुँदै २३० रन बनाएको हो । नेपालका लागि आज कप्तान रोहित पौडेलले सर्वाधिक ७८ रनकाे अर्धशतकिय इंनिङ खेले । अन्य खेलाडीले भने आज राम्रो प्रदर्शन गर्न सकेनन् । देव खनालले ३७ रन,  सोमपाल कामीले २६ रन, ज्ञानेन्द्र मल्लले २५ रन तथा बसिर अहमदले १७ रन जाेडे ।  

बलिङतर्फ केन्याका कप्तान शेम न्गोचे र विरज पटेलले समान २/२ विकेट लिए । 

पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । नेपाल आजको खेल पनि जितेर एक खेल अगाबै सिरिज जित्ने योजनामा हुनेछ । तेस्रो एकदिवसीय खेल भने सोमबार हुनेछ । 

Logo