हाल ट्विटरमा एसएस राजामैली महेश बाबु ट्रेन्ड भइरहेको छ ।
यी दुई सेलिब्रेटिको नाम ट्रेन्ड हुनुको कारण एसएस राजामैलीको फिल्ममा महेश बाबु अभिनय गर्नु हो । एसएस राजामौली उत्कृष्ट फिल्म निर्माणका लागि परिचित छन् ।
‘बाहुबली र आरआरआर’ जस्ता ब्लकबस्टर फिल्म दिएका राजामौली आफू साउथका सुपरस्टार महेश बाबुसँग प्यान इन्डिया फिल्म ल्याउन लागेको बताइसकेका छन् । जसका लागि फ्यानहरू उत्सुकताका साथ पर्खिरहेका छन् । उनले बनाउन लागेको फिल्मको विधाका बारेमा पनि खुलासा गरेका छन् । राजामौलीका अनुसार उनको आउदो फिल्म ‘बाहुबली र आरआरआर’ जस्तै हुनेछ ।
हालै अमेरिकामा भएको फिल्म फेस्टिभलमा उनको ‘आरआरआर’ जस्तै अन्य सबै फिल्म देखाइएको थियो । फिल्म फेस्टिभलकै क्रममा उनले आगामी फिल्मको विधाका बारेमा खुलासा गरेका थिए । राजामौलका अनुसार उनको आउदो फिल्म ‘एक्शन र साहसिक’ हुनेछ । राजामौलीले महेश बाबुसँग फिल्म गर्ने र आरआरआरपछि यसको सुटिङ सुरु हुने बताउदै आएका थिए ।
राजामौलीको अघिल्लो फिल्म ‘आरआरआर’ बक्स अफिसमा ब्लकबस्टर भएको थियो । ‘आरआरआर’ फिल्ममा रामचरण र जूनियर एनटीआर मुख्य भूमिका थियो । फिल्ममा अजय देवगन र आलिया भट्ट पनि देखिएका थिए । यसअघि उनले प्रभाससँग ‘बाहुबली र बाहुबली २’ जस्ता उत्कृष्ट फिल्म पनि दिइसकेका छन् ।





























प्रतिक्रिया