धनगढी उपमहानगरपालिका–१८ बस्ने एक व्यक्तिको घरबाट स्रोत नखुलेको रकम फेला परेको छ । सोही वडाको एफगाउँस्थित फूलबारी क्षेत्रका ३२ वर्षीय हिरा विकको घरमा भारतीय ८ लाख रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
विकले उक्त रकम भारतबाट चोरी गरी ल्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घरको गहुँ राख्ने भकारीभित्र बाल्टिनमा आठ लाख लुकाएर राखिएको अवस्थामा फेला परेको हाे ।
फरार रहेका विकको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।































प्रतिक्रिया