देशभर साढे ९ हजारभन्दा बढीमा डेंगुको संक्रमण पुष्टि

देशभर साढे ९ हजारभन्दा बढीमा डेंगुको संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

नेपालमा साढे ९ हजारभन्दा बढीमा डेंगुको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दश महिनामा ७५ जिल्लाका ९ हजार ८ सय ३५ जनामा डेंगुको संक्रमण पुष्टि भएको हो ।

सबैभन्दा बढी डेंगु संक्रमित बागमती प्रदेशमा रहेका छन् । बागमती प्रदेशमा ७ हजार ४ सय ४० जनामा डेंगु पुष्टि भएको छ । सबैभन्दा कम भने कर्णाली प्रदेशमा ६६ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै लुम्बिनी प्रदेशमा १३ सय  ५६, प्रदेश १ मा ३ सय २०, सुदूरपश्चिममा २ सय ७१, गण्डकीमा २ सय २ र  मधेश प्रदेशमा १ सय ८० जनामा डेंगु पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

Logo