बालगृहका बालबालिकालाई न्यानो कपडा र थर्मस वितरण

बालगृहका बालबालिकालाई न्यानो कपडा र थर्मस वितरण

केन्द्रबिन्दु
0
Shares

बाल दिवसको अवसरमा सामाजिक विकास कार्यालय लमजुङले बालगृहका बालवालिकालाई न्यानो कपडा तथा सहायता सामग्री प्रदान गरेको छ ।

कार्यालयले आदर्श महिला तथा बाल विकास केन्द्रद्वारा सञ्चालित बेसीसहर-८ मा रहेको बालगृहका बालबालिकालाई न्यानो ट्रयाकसुट ११ सेट र थर्मस नाै थान प्रदान गरेको हो । सामाजिक विकास कार्यालयका प्रमुख दिनेश पौडेलले बाल दिवस तथा कार्यक्रमको औचित्यवारे प्रकाश पार्दे असाहय बालबालिकालाई सहयोग गर्नुपर्ने बताए । बालगृहमा हाल नाैजना बालबालिका आश्रित रहेका छन् ।

Logo