प्रदेश १ र मधेश प्रदेशमा भारी वर्षाको सम्भावना

प्रदेश १ र मधेश प्रदेशमा भारी वर्षाको सम्भावना

केन्द्रबिन्दु
0
Shares

आज देशभर बदली रहने भएको छ ।

मुलुकका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।प्रदेश १ र  मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । राति प्रदेश १ का थोरैर बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।

मंगलबार प्रदेश १, मधेश र लुम्बिनीका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

Logo