पाल्पामा डेंगु संक्रमित एक जनाको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका अनुसार रिब्दीकोट गाउँपालिका–१ का ५८ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारको क्रममा शनिबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर राजेन्द्र कुमार गिरीले जानकारी दिए।
उनलाई डेंगु भएपछि गत भदौ २८ गते अस्पताल भर्ना गरिएको थियो । पाल्पामा अहिलेसम्म १२१ जना डेंगु संक्रमित फेला परेको गिरीले बताए ।































प्रतिक्रिया