घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

केन्द्रबिन्दु
0
Shares

आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९१ हजार आठ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य सोमबार तोलामा चार सय रुपैयाँले घटेर ९१ हजार चार सय रुपैयाँ कायम भएको छ । 

तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार नौ सय रुपैयाँ कायम भएको छ। 

त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १० रुपैयाँ घटेर चाँदीको मूल्य प्रतितोला एक हजार १७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

Logo