काठमाडौं ।
पश्चिम नवलपरासीका कांग्रेस जिल्ला उपसभापति सुवाशचन्द्र गिरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
आज विहान ललितपुरको पाटन अस्पतालमा उनको मृत्यु भएको हो।
नवलपरासीको सुस्ता पश्चिमका ३८ वर्षीय गिरीलाई कोरोना संक्रमण भएपछि साउन ३० गते बुटवल कोरोना अस्पतालबाट ललितपुरको पाटन अस्पताल ल्याइएको थियो ।
उनको आज उपचारकै क्रममा मृत्यु भएको हो । उनको केहि समय अघि पित्तथैलीमा पत्थरी भएपछि शल्यक्रिया गरिएको थियो ।





























प्रतिक्रिया