काठमाडौं ।
गत साता नेपालका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले दक्षिणी छिमेकी मुलुक भारतसँगको सम्बन्ध ‘रिसेट’ गर्न चाहेको बताएका थिए । एक टेलिभिजन अन्तर्वार्ताका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले दिएको यस्तो अभिब्यक्ति निकै विवादास्पद बन्यो ।
परराष्ट्रमन्त्रीले बोलेको यही शब्दलाई लिएर उनको आलोचना मात्र भइरहेको छैन, समग्र नेपालको कूटनीति कुन बाटोतर्फ गइरहेको छ भन्ने प्रश्न उब्जाएको छ । नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति चलाउने मुख्य ओहदामा बसेका ब्यक्तिबाट यस्तो अमूर्त शब्द निस्कनु गल्ती हो कि जानाजान हो भन्ने बारेको अन्यौलता अझै मेटिएको छैन ।
परराष्ट्रमन्त्री ज्ञवालीलाई जोगाउन चाहानेहरुले भनिरहेका छन्, उनले रिसेट नभई ‘रिसेट’ भन्न खोजेका हुन् । तर, नेपाल र भारतबीचको कूटनीतिक सम्बन्ध इतिहासकै खराब अथवा भनौं ‘ब्लेम–गेम’ को अवस्थामा चलिरहेका वेला परराष्ट्रमन्त्रीबाटै अन्यौलपूर्ण अभिब्यक्ति आउनु कति जायज हो ?
परम्परागत दुई मित्र राष्ट्र नेपाल–भारतबीचको सम्बन्ध यति ब्यापक र फराकिलो छ कि, दुई देशबीचको यस्तो गहिरो सम्बन्ध परराष्ट्रमन्त्रीले भने जस्तो रिसेट हुनै सक्दैन । रिसेट शब्दको बैज्ञानिक अर्थ सिस्टम बन्द गरेर फेरि सूचारु गर्ने भन्ने बुझिन्छ । यसले जे जहाँ थियो, त्यहीँबाट शुरू गर्ने भन्ने बुझिन्छ ।
परराष्ट्रमन्त्रीले यो शब्दको उच्चारण गर्नुले अहिलेको अवस्थामा दुई मुलुकबीचको कूटनीतिमा धेरै अर्थ लाग्छ । किनभने, स्वयं भारत पनि ‘कंग्रेस स्कुल अफ थट’को डिप्लोमेसीबाट धेरै अगाडि बढीसकेको छ । के उसो भए नेपालले पनि अब यस्तै चाहिरहेको हो त ? ज्ञवालीले संकेत गरेको ‘रिसेट’, नेपालले अब ‘ओली स्कुल अफ थट’को कूटनीति अबलम्बन गर्ने भन्ने हो ? हेरौं यो भिडियोमा :





























प्रतिक्रिया