गठबन्धनमाथि ओलीको आरोपः ‘सत्ताका लागि देश पनि बेच्न तयार छ’

गठबन्धनमाथि ओलीको आरोपः ‘सत्ताका लागि देश पनि बेच्न तयार छ’

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनले देशको स्वाधीनता, सार्वभौमिकता र स्वाभिमान अंश–अंशमा बेच्ने ठोकुवा गरेका छन् । 

ललितपुरमा आज आयोजित कार्यक्रममा अध्यक्ष ओलीले गठबन्धनको यस्तो काम रोक्न सबै नेपाली सजग बन्नु पर्ने बताएका हुन् । ‘सत्ता गठबन्नधन सत्तास्वार्थका लागि देश बेच्न पनि तयार हुन्छ । सिंगै देश तरकारी फलफुल जसरी बजारमा तौलिएर बेच्न त नसक्लान् तर यिनीहरूले अंश–अंशमा बेच्छन्, उनले भने, ‘त्यसैले देशलाई बेचिनबाट जोगाउन हरेक नेपाली सजग र सकृय हुन जरुरी छ ।’ 

कार्यक्रममा अध्यक्ष ओलीले सरकारले देशमा महंगी, भ्रष्ट्रचार बढाएको आरोप पनि लगाए । उनले कामचलाउ हैसितयमा पुगिसकेपछि पनि अध्यादेशमार्फत कानुन ल्याएर तनाव बढाउने, चुनावमा धाँदली गर्नेतर्फ यो सरकारको ध्यान केन्द्रित रहेको उनको भनाइ छ ।

‘अदालतमा न्यायाधीशहरुले हड्ताल गरेर तमासा देखाउँछन् । प्रधान न्यायाधीशलाई कुर्सीमा बस्न दिइनन् । एउटा न्यायाधीशले अर्कोलाई लाञ्छित गर्छ । प्रधान न्यायाधीशलाई घरमा नजबरन्द गरिन्छ । अधिवक्ता र तीनका संस्थाले न्यायालयको हुर्मत लिन्छन् । यो भन्दा तमासा के हुन्छ ?’ उनले भने । 

अध्यक्ष ओलीले सरकार आफैंले भुटानी शरणार्थीको नाम दिएर सर्वसाधारणलाई अमेरिका पु-याउने धन्दा चलाएको, बिमा कम्पनीहरूको लाइसेन्स खोलेर चुनावी खर्च उठाउने तयारी गरिरहेको आरोप पनि लगाए । 

Logo