आज पनि ओरालो लाग्यो सेयर बजार

आज पनि ओरालो लाग्यो सेयर बजार

केन्द्रबिन्दु
0
Shares

साताको कारोबारको तेस्रो दिन आज नेप्से परिसूचकमा गिरावट आएको छ । मंगलबार सेयर बजार २.५७ अंक घटेर १९५६.३६ बिन्दुमा झरेको हो । 

सेयर बजारमा गिरावट आएसँगै कारोबार रकम पनि घटेको छ । २२६ कम्पनीको २७ लाख ७३ हजार कित्ता शेयर  १ अर्ब ५ करोड ३१ लाख ३७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । सोमबार सेयर कारोबार २ अर्बभन्दा बढीको भएको थियो । 

नेप्सेका १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी उपसमूहको परिसूचक घटेको छ । जसमा फाइनान्स, निर्जीवन विमा, जिवन विमा र अन्य उपसमूहको परिसूचक सामान्य बढेको छ ।

मंगलबार लाइफ इन्स्युरेन्स ५५.९०, गुराँस लघुवित्त वित्तीय संस्था ३४.४० अंकले वृद्धि भएको र शिवम सिमेन्टको आठ करोड ५७ लाख ३२ हजार १२२ रुपैयाको सेयर कारोबार भएको छ । सिटिजन बैंक इन्टरनेसनलमा भने ६ करोड ५८ लाख ५२ हजार ३०५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । 

Logo