निर्वाचन आयोगले ललितपुर- ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यकी उम्मेदवार डा. तोसिमा कार्कीलाई घण्टी लिएर प्रचारप्रसार गर्न रोक नलगाएको जनाएको छ ।
सञ्चारमाध्यमले कार्कीलाई आयोगले घण्टी लिएर प्रचार गर्न रोकेको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै आयोगले कुनै पनि निर्देशन नदिएको प्रष्ट पारेको हो ।
यसअघि आयोगले कार्की मेडिकल काउन्सिलको सदस्य भएर सरकारी सुविधा लिएको भन्दै उनको उम्मेदवारी खारेज गरेको थियो । तर, आयोगको निर्णयविरुद्ध कार्की सर्वोच्च अदालत गएपछि साे निर्णय तत्काल कार्यान्वयन नगर्न भन्दै आयोगको नाममा अन्तरिम आदेश जारी भएकाे थियो ।





























प्रतिक्रिया