नेकपा विवाद साम्य पार्न कार्यदल गठनदेखि देशभर पहिरोको ताण्डवसम्म (भिडियोसहित)

नेकपा विवाद साम्य पार्न कार्यदल गठनदेखि देशभर पहिरोको ताण्डवसम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये सत्तारुढ दल नेकपाभित्र देखिएको विवाद साम्य पार्न कार्यदल गठन गरिएको छ । शुक्रबार महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको हो । कार्यदलमा विष्णु पौडेल, शंकर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्पा भुसाल रहेका छन् ।

त्यस्तै कोरोना भाइरसको असर वाणिज्य बैंकहरुको नाफामा देखिएको छ । वाणिज्य बैंकहरुले यतिबेला गत आर्थिक वर्षकोे चौँथो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । वित्तीय विवरण सार्वजनिक गरेका आधिकांश वाणिज्य बैंकहरुको नाफा घटेको देखिएको छ ।

घरेलु फुटबल पुनः अनिश्चित बनेको छ । कोरोना संक्रमणका बीच सुरु हुन लागेको राष्ट्रिय टिमको प्रशिक्षण स्थगित भएसँगै घरेलु फुटबल पुनः अनिश्चित बनेको हो ।

त्यस्तैगरी पछिल्लो समय काठमाडौं उपत्यकामा कडाई गरिएको छ । देशभरका साथै काठमाडौं उपत्यकामा पनि संक्रमण तीव्र दरमा फैलिएसँगै थप कडाई गरिएको हो । मानिसहरूले लापरवाही गरिरहेकाले थप जोखिम बढेको भन्दै सरकारले अनुगमन तीव्र बनाएको छ । यसक्रममा हालसम्म मास्क नलगाउने ४ लाखभन्दा बढी कारवाहीमा परेका छन् ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका– २ गोल्चे, लिदीमा गएको पहिरोमा परि पाँच जनाले ज्यान गुमाएका छन् । शुक्रबार बिहान गएको पहिरोमा परि ज्यान गुमाउने पाँच जनाको शव फेला परेको हो । पहिरोमा परेकामध्ये अझै ३३ जना बेपत्ता रहेका छन् भने पहिरोले ३५ घर ध्वस्त भएका छन् । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

Logo