नेकपा विवाद साम्य पार्न महासचिव पौडेलको संयोजकत्वमा कार्यदल गठन

नेकपा विवाद साम्य पार्न महासचिव पौडेलको संयोजकत्वमा कार्यदल गठन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद साम्य पार्न कार्यदल गठन गरिएको छ । शुक्रबार महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको हो । कार्यदलमा विष्णु पौडेल , भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्र पाण्डे सदस्य रहेका छन् । अहिले दुई अध्यक्ष बीच भेटवार्ता जारी छ ।

स्रोतका अनुसार नवगठित कार्यदलले पार्टी विवाद र शक्ति बाँडफाँडको विषय टुंगो लगाउने छ । साथै पहिलो अध्यक्ष ओलीलाई नै निरन्तरता दिने गरी पूर्ण रुपले पार्टी सञ्चालन गर्ने जिम्मेवारी दाहाललाई दिने गरी कार्यदलले काम गर्नेछ ।

दुई अध्यक्ष बीच बिहीबार पनि करिब ४ घण्टाभन्दा बढी समय छलफल भएको थियो । बिहीबार भएको छलफल सकारात्मक भएको जनाइएको थियो ।

 

Logo