सङ्खुवासभाको प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार दीपक खड्का विजयी भएका छन् ।
सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेसका खड्काले नेकपा एमालेका राजेन्द्र गौतमलाई पराजित गर्दै संसद्को यात्रा तय गरेका हुन् । खड्काले ३२ हजार १ सय ५८ मत पाए भने गौतमले २६ हजार ७ सय १९ मत ल्याए । उनीहरूबीचकाे मतअन्तर ५ हजार बढी रहेकाे थियाे ।
तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका भक्तनारायण श्रेष्ठले १ हजार १ सय ३६ मत प्राप्त गरे ।





























प्रतिक्रिया