समानुपातिकमा एमालेले कटायो २५ लाख मत, अन्यको कति ?

समानुपातिकमा एमालेले कटायो २५ लाख मत, अन्यको कति ?

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको प्रत्यक्षतर्फको नतिजा अन्तिम चरणमा पुगेको छ । 

यस्तै, समानुपातिकतर्फको मतपरिणाम आउने क्रम पनि अन्तिममा पुगेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षमा कांग्रेस पहिलो दल बनेको छ भने नेकपा एमाले दोस्रो बनेको छ । समानुपातिकतर्फ भने एमाले पहिलो दल बन्नेछ । दोस्रोमा कांग्रेस दोस्रो पार्टी बन्ने निश्चित देखिएको छ ।

सोमबार बिहान पौने ११ बजेसम्म ९३ लाख ५७ हजार ६६ मतगणना भएको छ । पछिल्लो परिणामअनुसार नेकपा एमालेले २५ लाख ३४ हजार ३२३ मत प्राप्त गरेको छ ।  यस्तै, नेपाली कांग्रेसले २३ लाख ९९ हजार ८३१ मत पाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६३ हजार ७१८ मत पाएको छ। माओवादी केन्द्रले १० लाख ६२ हजार ७४७ मत पाएर चौथो स्थानमा छ । राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ४५हजार ६५६, जनता समाजवादी पार्टी, नेपाल ३ लाख २६ हजार ३७२ जनमत पार्टी २ लाख ६२ हजार ८२६, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) २ लाख ५२ हजार २७, नागरिक उन्मुक्ति पार्टी २ लाख ३७ हजार ९६२ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख २७ हजार ९१८ मत पाएको छ ।  निर्वाचन आयोगले तीव्र गतिमा उच्च सुरक्षाबीच मतगणना गरिरहेको छ ।

Logo