काठमाडौं ।
चौधरी फाउण्डेसनले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि चौथो चरणको सहयोग गरेको छ ।
फाउण्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले कोभिड-१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि चौथो चरणको सहयोग अन्तर्गत मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई ८ वटा भेन्टिलेटर हस्तान्तरण गरेका हुन्।
चौधरी फाउण्डेसनले हस्तान्तरण गरेका भेन्टिलेटर प्रदेश-१, प्रदेश-२, बाग्मति र प्रदेश ५ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश सरकारहरूसँगको समन्वयमा अस्पतालहरूलाई उपलब्ध गराउनेछ।
उक्त कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोभिड-१९ का गम्भीर बिरामीहरुको संख्या बढीरहेको अवस्थामा चौधरी फाउण्डेसनले अत्यावश्यक भेन्टिलेटर हस्तान्तरण गरी सहयोग पुर्याएकोमा धन्यवाद व्यक्त गरे।
फाउण्डेसनका उपाध्यक्ष तथा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले कोभिड–१९ का गम्भीर अवस्थामा रहेकाहरुको उपचारका लागि सहयोग गर्न फाउण्डेसनले भेण्टिलेटर हस्तान्तरण गरिएको बताए।
यसअघि पनि फाउण्डेसनले पहिलो, दोस्रो र तेस्रो चरणमा गरी मुलुकभरका ११९ स्वास्थ्य संस्थामा व्यक्तिगत सुरक्षा सामग्री, एन ९५ मास्कसँगै सरकारलाई १ हजार थान पीसीआर रिएजेन्ट सहयोग गरेको थियो ।
कोभिड–१९ का गम्भीर बिरामीहरुका लागि अत्यावश्यक भेन्टिलेटर सहयोग गर्न पाएकोमा फाउण्डेसनले खुशी व्यक्त गरेको छ ।





























प्रतिक्रिया