स्पेनलाई हराउँदै मोरक्को पहिलोपटक विश्वकपको क्वाटरफाइनलमा

स्पेनलाई हराउँदै मोरक्को पहिलोपटक विश्वकपको क्वाटरफाइनलमा

केन्द्रबिन्दु
0
Shares

मोरक्को फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको नकआउट चरणको खेलमा स्पेनमाथि पेनाल्टी सुटआउटमा ३-०को जित निकाल्दै मोरक्को विश्वकपको इतिहासमा पहिलोपटक क्वाटरफाइनलमा पुगेको हो । 

एजुकेशन सिटी संगशालामा भएको खेलमा दुवै टोलीले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न नसक्दा निर्धारित समयको खेल गोलरहित बराबरीमा रोकिँदा अतिरिक्त समय हुँदै पेनाल्टी सुटआउटमा धकेलिएको थियो । 

पेनाल्टी सुटआउटमा मोरक्कोका अब्देलहामिद सबिरी, हाकिम जिएच र अच्राफ हाकिमीले गोल गरे भने बदर बेनोन चुके । तर, मोरक्कोका गोलरक्षक यासिन बाेनाेको उत्कृष्ट प्रदर्शनमा स्पेनका खेलाडीले गोल गर्न सकेनन् । स्पेनका पाब्लो सराबिया, कार्लोस सोलेर र सर्जियो बुस्केट्स गोल गर्न असफल भए ।

जारी विश्वकपमा पेनाल्टी सुटआउटमा लम्बिएको यो दोस्रो खेल हो । सोमबार नै भएको नकआउट चरणको खेलमा जापानलाई पेनाल्टी सुटआउटमा हराउँदै साविक उपविजेता क्रोएसियाले अन्तिम आठको यात्रा तय गरेको थियो । 

अब मोरक्कोले क्वाटरफाइनलमा पोर्चुगल र स्विट्जरल्याण्डबीचको विजेतासँग खेल्नेछ । सो खेल आजै राति हुँदैछ । 

Logo