काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीप्रति जनता समाजवादी पार्टी (जसपा) ले गरेको टिप्पणीलाई प्रधानमन्त्री ओलीको सचिवालयले आपत्ति जनाएको छ । मंगलबार प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले प्रेस नोट जारी गर्दै आपत्ति जनाएका हुन् ।जसपाको टिप्पणी अशिष्ट, पूर्वाग्रही, अत्यन्त दुराशयपूर्ण र खेदजनक रहेको सल्लाहकार थापाको भनाइ छ ।
जसपाको साउन २१ देखि २५ गतेसम्म बसेको केन्द्रीय कार्यकारिणी कमिटीको बैठकले प्रधानमन्त्री ओली शारिरीक एवं मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको टिप्पणी गरेको थियो ।






























प्रतिक्रिया