नेकपा एमालेका नेता भीम रावलले अहिले सरकारले अध्यादेश ल्याउन खोज्नु कानुनी शासनको धज्जी उडाउनुसरह हुने बताएका छन् ।
हत्या अभियोगमा जेलमा रहेका रेशम चौधरीसहितका व्यक्तिलाई आममाफी दिनेगरी सरकारले अध्यादेश ल्याउन खोजेपछि नेता रावलले आपत्ति जनाएका हुन् । ‘सरकारमा सहभागी दलहरुले कानुनी शासनको धज्जी उडाउँदै अध्यादेशद्वारा सत्ता स्वार्थ पूर्ति गर्न खोज्नु खेदजनक छ,’ उनले भनेका छन्, ‘यो नेपाली जनताको जनादेशको समेत घोर अपमान हो ।’
जिल्ला अदालतमा विचाराधीन मुद्दा मात्रै सरकारले फिर्ता लिन सक्ने व्यवस्थामा संशोधन गरी सरकारले जुनसुकै अदालतमा विचाराधीन मुद्दा पनि फिर्ता लिन सक्नेगरी अध्यादेश ल्याउने निर्णय गर्नु कुशासन बढाउन काम भएको नेता रावलको भनाइ छ ।






























प्रतिक्रिया