काठमाडौं ।
विश्वमा कोरोना संक्रमितको संख्या २ करोड नाघेको छ । हालसम्म २ करोड २३ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जस मध्ये १ करोड २८ लाख ९७ हजार ८१३ जना निको भएका छन् भने ७ लाख ३३ हजार ९७५ जनाको मृत्यु भएको छ । हाल विरामीको संख्या ६३ लाख ९१ हजार २२८ रहेको छ ।
दक्षिण अमेरिकी मुलुक ब्राजिलमा कोरोना भाइरस संक्रमितमध्ये एक लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार ब्राजिलमा ३० लाखभन्दा बढी मानिस कोरोना संक्रमित छन् ।
करिब २१ करोड २० लाख जनसंख्या रहेको ब्राजिल विश्वमै सबैभन्दा बढी कोरोना प्रभावित मुलुकमध्ये दोस्रो हो । पहिलो सर्वाधिक असर परेको मुलुक संयुक्तराज्य अमेरिका हो ।
ब्राजिलमा पछिल्लो २४ घण्टामा ९०५ जनाको ज्यान गएको छ भने एकै दिन ४९ हजार ९७० जनामा संक्रमण देखिएको छ ।
संयुक्तराज्य अमेरिकामा ५१ लाख ४९ हजार ७२३ संक्रमित मध्ये निको भएकाको संख्य २६ लाख ३८ हजार ४७० छन् । यहाँ मृत्यु हुनेको संख्या १ लाख ६५ हजार रहेको छ ।
भारत तेस्रो स्थानमा छ । यहाँ २२ लाख बढी संक्रमित रहेका छन् ।





























प्रतिक्रिया