साप्ताहिक कारोबारको तेस्रो दिन आज (मंगलबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य यथावत् रहेको छ। मंगलबार पनि सोमबारको जस्तै दररेटमा सुन तथा चाँदीको कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ कायम भएको छ।
यसअघि सोमबार भने सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढेको थियो। सोमबार पनि छापावाल सुन प्रतितोला १ लाख ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख रुपैयाँमा किनबेच भएको थियो।





























प्रतिक्रिया