बीच भलिबलः नेपालको विजयी सुरुवात

बीच भलिबलः नेपालको विजयी सुरुवात

केन्द्रबिन्दु
0
Shares

काभा बीच पुरुष भलिवल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ ।

बुधबार विहान भएको खेलमा नेपालले बंगलादेशलाई २–० को सोझो सेटमा हराएको हो । नेपालका मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडिले बंगलादेशका विश्वास र पाभेलको जोडीलाई हराएका हुन् । आज नै हुने दोस्रो खेलमा नेपालका मान र दिलको जोडीले माल्दिभ्सका अहमेद र शामाइलको जोडीसँग प्रतिस्पर्धा गर्नेछन् । शुक्रबारसम्म आयोजना हुने प्रतियोगिता आयोजक बंगलादेश, नेपाल र माल्दिभ्ससँगै कीर्गिस्तान र भुटानको सहभागीता छ ।
 

Logo