काभ्रे ।
काभ्रे जिल्लामा आज थप ६ जनामा कोरोना संक्रमण देखिएको छ। प्रहरी कार्यालय बनेपामा कार्यरत ५ जना पुरुष प्रहरी र शीर मेमोरियल अस्पताल बनेपाका महिला कर्मचारी सहित ६ जनामा कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाले जानकारी दिए ।
कोरोना संक्रमित ५ जनालाई थप उपचारको लागि बनेपामा रहेको शीर मेमोरियल अस्पतालको आईसोलेसन कक्षमा राखेर उपचार सुरु गरिएका जनाएको छ।
जिल्लामा हालसम्म ४० जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये कोरोना जितेर २७ जना घर फर्किसकेका छन् । १३ जनाको विभिन्न आईसोलेसनमा उपचार भईरहेको स्वास्थ्य कार्यालयले जनाएको छ।






























प्रतिक्रिया