काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र उनका निकट व्यक्तिहरूको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ। शुक्रबार प्रधानमन्त्री ओली र उनका निकटस्थ व्यक्तिहरुको स्वाव संकलन गरिएकाे हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीसँग आफूले पनि स्वाब दिएको जानकारी दिए । साथै आजै पीसीआर परीक्षणको रिर्पोट आउन सक्ने उनको भनाइ छ । केन्द्रबिन्दुसँग संक्षिप्त कुराकानी गर्दै प्रेस सल्लाहकार सूर्य थापाले भने–‘प्रधानमन्त्री केपी शर्मा ओली सहित उहाँको नजिक रहने सबैले पीसीआर परीक्षणका लागि स्वाब दिएका छौँ । संभवत आजै पीसीआर रिर्पोट आउँछ होला ।’
बिहीबार नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षार्थ खटिएका प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै प्रधानमन्त्रीसँगको बैठकमा सहभागि भएका प्रदेश नम्बर २ का कानुन मन्त्रीलाई समेत कोरोना संक्रमण पुष्टि भएको थियो ।





























प्रतिक्रिया