सप्तरीमा चिसोले कठ्यांग्रिएर एकजनाको मृत्यु

सप्तरीमा चिसोले कठ्यांग्रिएर एकजनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

सप्तरीमा चिसोले कठ्यांग्रिएर एकजनाको मृत्यु भएको छ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ मुसहरी टोलका ४५ वर्षीय देवु सदाको चिसोका कारण  मृत्यु भएको हो। खुला ठाउँमा रहेको फुसको घरमा राति खाना खाएर सुतेका उनी बिहान मृत भेटिएका हुन् । मृतक सदाका तीन छोरा र तीन छोरी छन् भने श्रीमतीको दुई वर्षअघि नै मृत्यु भइसकेको छ। तराईका जिल्लामा एक साताअघिदेखि बढेको अध्यधिक चिसोले जनजीवन प्रभावित भएको छ। 

Logo