साउदी प्रो लिगमा अल नासर विजयी, रोनाल्डोले कहिलेदेखी खेल्दैछन् ?

साउदी प्रो लिगमा अल नासर विजयी, रोनाल्डोले कहिलेदेखी खेल्दैछन् ?

केन्द्रबिन्दु
0
Shares

साउदी प्रो लिगमा अल नासर विजयी भएको छ ।

शुक्रबार राती भएको खेलमा अल नासरले आल टाएलाई २–० गोल अन्तरले पराजित गरेको हो । अल नासरको जितमा टालीस्काले दुवै गोल गरेका थिए । टालिस्काले खेलको ४२ र ४७औं मिनेटमा गोल गर्दै अल नासरलाई जिताएका थिए । जितसँगै १२ खेलबाट २९ अंक जोडेको अल नासर लिगको शिर्ष स्थानमा रहेको छ । त्यस्तै, १२ खेलबाट १८ अंक जोडेको अल टाए सातौ स्थानमा रहेको छ ।

यस खेलमा क्रिस्टियानो रोनाल्डो भने खेलेका थिएनन् । रोनाल्डोमाथि ईङल्याण्ड फुटबल फेडेरेसनले लगाएको दुई खेलको प्रतिबन्धका कारण रोनाल्डोको डेभ्युपछि सरेको छ । रोनाल्डो अब जनवरी २२ मा मात्र अल नासरमा डेभ्यु गर्नसक्ने बताइएको छ । यस खेलमा रोनाल्डोले अल नासरको भिआइपी बक्सबाट खेल हेरेका थिए ।

Logo