कार्यदलले शीर्ष नेतालाई बुझायो सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा

कार्यदलले शीर्ष नेतालाई बुझायो सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा

केन्द्रबिन्दु
0
Shares

सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा शीर्ष नेतालाई बुझाइएको छ । 

शुक्रबार अन्तिम रूप दिइएको मस्यौदालाई शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितीमा कार्यदलका संयोजक उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले उच्चस्तरीय संयन्त्रका संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका हुन् ।

पौडेल संयोजक रहेको कार्यदलमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर राणा र जनता समाजवादी पार्टी नेपालबाट रकम चेम्जोङ रहेका छन्।

कार्यदलले सत्तारूढ पार्टीका घोषणापत्रमा समावेश एजेण्डा समेटेर न्यूनतम साझा कार्यक्रम तयार गरेको छ। साझा कार्यक्रममा अर्थतन्त्र सुधार, विकास निर्माण, छिटोछरितो सरकारी सेवा, रोजगारी सिर्जना, सर्वसुलभ स्वास्थ्य सेवा, भ्रष्टाचार न्यूनीकरण लगायतका विषयलाई समेटिएको बताइएको छ । 

साे मस्यौदालाई अब एमाले अध्यक्ष ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक समितिले अनुमोदन गर्ने छ। सरकारले यही पुस २६ गते विश्वासको मत लिँदैछ। सोभन्दा अघि नै सरकारले आफ्नो न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी गरेको हो ।

Logo