रेशम चौधरीसहितलाई कानुन बनाएर चाँडै जेलमुक्त गरिनेछ -प्रधानमन्त्री प्रचण्ड

रेशम चौधरीसहितलाई कानुन बनाएर चाँडै जेलमुक्त गरिनेछ -प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुन बनाएर रेशम चौधरीसहितलाई जेलमुक्त गरिने बताएका छन् । 

मंगलबार बसेको प्रतिनिधिसभामा आफूले राखेको विश्वासको मतको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले पूर्ववर्ती सरकारले गरेका सम्झौता र सहमतिअनुुसार देशका विभिन्न स्थानमा भएका राजनीतिक संघर्षका क्रममा पक्राउ परेका वा जेल परेकालाई कानुन बनाएर रिहा गर्ने बताएका हुन् । 

रेशम चौधरी अन्यायमा परेको आफूले बताउँदै आएको स्मरण गराउँदै उनले चौधरीसहितलाई रिहा गर्न चाँडै विधेयक ल्याएर ऐन बनाउने जानकारी दिए । 

चाैधरीकी श्रीमती रञ्जिता श्रेष्ठ अध्यक्ष रहेकाे नागरिक उन्मुक्ति पार्टीले ससर्त प्रधानमन्त्रीलाई विश्वासकाे मत दिने बताएकी छन् । उनले झुठ्ठा मुद्दाका कारण जेलमा रहेका चौधरीसहितका राजबन्दी रिहा गर्ने काम नभएकाले आफूहरुले प्रतिपक्षमा रहने जानकारी दिएकी हुन् ।

Logo