मन्त्रिपरिषद्लाई आज बेलुकासम्म पूर्णता दिने तयारी

मन्त्रिपरिषद्लाई आज बेलुकासम्म पूर्णता दिने तयारी

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज  बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग कुरा गर्दै उनले सात दलबीच कुनै विवाद नरहेको दाबी गर्दै आइतबार बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरिएको बताए । “आइतबार  बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने र सोमबारको मन्त्रिपरिषद् बैठक पूर्णरुपमा बस्ने तयारी गरेको छु,” उनले भने ।

अहिलेसम्म तीन उपप्रधानमन्त्रीसहित ८ मन्त्री सरकारमा सहभागी भएका छन् ।  चार मन्त्रीलाई भने अहिलेसम्म जिम्मेवारी तोकिएको छैन । मन्त्रालयको भागबन्डा मिलाउन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतसँग प्रचण्डले दिनहुँ जस्तै छलफल गर्दै आएका छन् ।

Logo