सेती नदीको खोँचमा दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ ।
सेती नदीको खाेँचमा धेरै तल विमान खसेका कारण अहिले क्रेनको प्रयोग गरी उद्धारको प्रयास जारी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए । उनका अनुसार पोखरास्थित गण्डकी अस्पतालमा ३१ जनाको शव लगिसकिएको छ । विमानमा चालक दलका चारसहित ७२ यात्रु सवार रहेका थिए ।
मृत्यु भएकामध्ये पाँच जनाको सनाखत भएको छ। निशान्त आचार्य, संगीता शाही, लक्ष्मी पौडेल, सुशील श्रेष्ठ, र सदारत अलिमियाको सनाखत भएको हाे ।





























प्रतिक्रिया