सेती नदीको खोँचमा भएको यती एयरलायन्सको विमान दुर्घटनामा मृतकको शव खोजी गर्न सशस्त्र प्रहरीले गोताखोर परिचालन गरेको छ।
खोँचमा धेरै तल विमान खसेका कारण क्रेनको प्रयोग गरी उद्धारको प्रयास गरेपनि सम्भव नभएपछि सशस्त्रको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टरको कमाण्डमा १५ जनाको गोताखोर टोली परिचालन भएको हो । उद्धार गर्नुपर्ने ठाउँ कठिन भएकाले रोप रेस्क्युको टोली पठाइएको हो।
आइतबार विहान दुर्घटना भएको विमानमा चालक दलका ४ सदस्यसहित ७२ जना सवार थिए । जसमा ६८ जनाको शव भने फेला परिसकेको छ। पोखरास्थित गण्डकी अस्पतालमा ३१ जनाको शव लगिसकिएको छ । अन्यको खोजी गर्न अहिले गोताखोर टोली परिचालन भएको छ ।































प्रतिक्रिया