बलीका नाममा भान्जाको हत्या

बलीका नाममा भान्जाको हत्या

केन्द्रबिन्दु
0
Shares

मनोकामना पूरा गर्नका लागि सल्यानमा मामाले आफ्नै सहोदर भान्जाको बली दिएका छन्। सल्यानको बनगाड कपिण्डे नगरपालिका १० माझकाँडा बस्ने ३४ वर्षीय डम्बर पुरीले सोही गाउँका ८ वर्षिय भिजन घर्तीको हत्या गरेका हुन्। मन्दिरभित्र भान्छाको घाँटी काटेर टाउको छिनाई रगत चढाएको  स्थानीयले बताए । 

पुरीले आइतबार दिउँसो करिब २ बजेतिर आफ्नै घरको आँगनमा रहेको मन्दिरभित्र लगेर खुर्पाले बालकको टाउको र शरीर अलग गरेर मन्दिमा रगत चढाएको स्थानीयले बताएका छन्। घटना भएलगत्तै पुरीका अन्दाजी सात वर्षीय छोराले थाहा पाएको र उनले नै स्थानीयलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक गोपाल श्रेष्ठले बताए। 

 

 

Logo