२० वटा निर्जीवन कम्पनीहरुमध्ये हालसम्म १२ वटा निर्जीवन बीमा कम्पनीहरुले लाभांश घोषणा गरिसकेका छन् । कम्पनीहरुले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेका हुन् ।
लाभांश घोषणा गरेका कम्पनीहरुमा प्रभु, प्रुडेन्सियल, लुम्बिनी जनरल, सगरमाथा, शिखर,नेको, एनएलजी, आइएमई जनरल इन्स्यारेन्स कम्पनी रहेका छन् । त्यस्तै, सिद्धार्थ, प्रिमियर, युनाइटेड र नेपाल इन्स्यारेन्स कम्पनीले पनि गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेका छन् ।
कुन कम्पनीले कति दिदैछन् लाभांश ?
१. प्रभु इन्स्योरेन्स
प्रभु इन्स्योरेन्सले हाल कायम रहेको चुक्तापूँजीको ६ दशमलव ७० प्रतिशत बोनस सेयर र शून्य दशमलव ३५ प्रतिशत नगद गरी कुल ७ दशमलव शून्य ५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामि २७औं वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउने छन् ।
२.सगरमाथा इन्स्योरेन्स
सगरमाथा इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १३ दशमलव १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई १२ दशमलव ५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६५ नगद लाभांश दिने भएको हो ।
३.प्रुडेन्सियल इन्स्योरेन्स
प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीहरुलाई लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ६ दशमलव ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
४.शिखर इन्स्योरेन्स
शिखर इन्स्योरेन्सले १६ दशमलव ८४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ८४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भइ कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीहरुलाई वितरण हुनेछ ।
५.प्रिमियर इन्स्योरेन्स
प्रिमियर इन्स्योरेन्सले पनि आफ्ना सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट १४ दशमलव २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ० दशमलव ७५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
६.सिद्धार्थ इन्स्योरेन्स
सिद्धार्थ इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई ९ दशमलव ४७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आवको मुनाफाबाट ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
७.युनाइटेड इन्स्योरेन्स
युनाईटेड इन्स्योरेन्स कम्पनीले गत आवको मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई ५ दशमलव २६ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । जसमध्ये कम्पनीले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य २६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
८.नेको इन्स्योरेन्स
नेको इन्स्योरेन्स कम्पनीले पनि आफ्ना सेयरधनीलाई १५ दशमलव ७९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
९.आइएमई जनरल इन्स्योरेन्स
आइएमई जनरल इन्स्योरेन्स पनि गत आवको मुनाफबाट लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई ६ दशमलव ८४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले ६ दशमलव ५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
१०.एनएलजी इन्स्योरेन्स
एनएलजी इन्स्योरेन्स कम्पनीले १० दशमलव ५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस सेयर र शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश दिने भएको हो ।
११.नेपाल इन्स्योरेन्स
नेपाल इन्स्योरेन्सले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीले सेयरधनीलाई ८ दशमलव ४२ प्रतिशत लाभांश दिने भएको हो । कम्पनीले ८ प्रतिशत बोनस सेयर र शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
१२. हिमालयन एभरेष्ट इन्स्योरेन्स
हिमालयन एभरेष्ट इन्स्योरेन्सले आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनीको पुस २६ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २ दशमलव ७५ प्रतिशत बोनस सेयर कर प्रयोजनका लागि शून्य दशमलव १४ प्रतिशत नगद लाभांश गरी कुल २ दशमलव ८९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।





























प्रतिक्रिया