मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदै

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदै

केन्द्रबिन्दु
0
Shares

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन्।

प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवकाअनुसार मुख्यमन्त्री यादवले बुधबार विहान ११ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची छ । यादव जनता समाजवादी पार्टीका संसदीय दलका नेता हुन्।

१ सय ३ सांसद रहेको मधेस प्रदेशमा मुख्यमन्त्री यादवलाई नेकपा एमालेका २३, जसपाका १६, जनमतका १३, लोकतान्त्रिक समाजवादी पार्टीका ९, माओवादीका ७, नेपाल संघीय समाजवादी पार्टीका १, राष्ट्रिय प्रजातन्त्र पार्टीका १, स्वतन्त्र सांसदद्वय अनिरुद्ध सिंह र सुरिता साहसहित ७२ सांसदले समर्थन गरेका छन् ।

मुख्यमन्त्री नियुक्त हुँदा यादवलाई समर्थन नगरेको नेपाली कांग्रेसले पनि आज विश्वासको मत दिने सम्भावना छ। कांग्रेसका २२ जना सांसद छन्। मधेसको मुख्यमन्त्रीमा जसपा र जनमत पार्टीबीच आलोपालो हुने समझदारी बनेको थियो।

Logo