पोखरा विमान दुर्घटनामा मृत्यु भएकामध्ये ४४ जनाको शव आफन्तले बुझे, एक जनाको स्थिति अझै अज्ञात

पोखरा विमान दुर्घटनामा मृत्यु भएकामध्ये ४४ जनाको शव आफन्तले बुझे, एक जनाको स्थिति अझै अज्ञात

केन्द्रबिन्दु
0
Shares

पोखरामा भएको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० विमान दुर्घटनामा मृत्यु भएका मध्ये ४४ जनाको शव उनीहरुका परिवारजनलाई बुझाइएको छ। 

पोखरामा परीक्षण गरिएका सबै २२ शव र काठमाडौंमा ल्याइएका ४९ मध्ये २२  वटा शव आफन्तले बुझेका छन्। दुर्घटनामा परेकामध्ये एक जनाको स्थिति अझै अज्ञात छ। यसअघि ४९ शव पोखराबाट काठमाडौँस्थित शिक्षण अस्पताल ल्याइएको थियो। पहिचान र सनाखत हुन नसकेका, विदेशी नागरिक र चालकदलका सदस्यको शव काठमाडौंमा परीक्षणका लागि ल्याइएको थियो।

शव क्षतविक्षत भएका कारण पहिचानका लागि डिएनए परीक्षण गर्नुपर्ने भएकाले अन्य यात्रुका आफन्तले शव पाउन अझै केही दिन लाग्ने देखिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले दुर्घटनामा बेपत्ता एक व्यक्तिको खोजीकार्य भइरहेको बताए। बुधबार पनि दिनभर गोताखोर र ड्रोन प्रयोग गरेर शवको खोजी गरिएको थियो।

बिहिबार पनि बिहानै देखि हराइरहेका यात्रुको खोजी जारी रहेको छ। ६८ यात्रुसहित चार चालकदलका सदस्य लिएर आइतबार काठमाडौँबाट पोखराका लागि उडेको जहाज सेतीखोँचमा दुर्घटनाग्रस्त भएको थियो।  

Skip This
Skip This
Logo