स्वास्थ्य क्षेत्रको जनशक्ति अभावलाई चाँडै परिपूर्ति गर्छौँ -मन्त्री तोषिमा कार्की

स्वास्थ्य क्षेत्रको जनशक्ति अभावलाई चाँडै परिपूर्ति गर्छौँ -मन्त्री तोषिमा कार्की

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोषिमा कार्कीले स्वास्थ्य क्षेत्रमा रहेको जनशक्तिको अभावलाई चाँडै परिपूर्ति गर्ने बताएकी छन् । 

बिहीवार वीर अस्पतालमा क्याथ ल्याबको उद्घाटन कार्यक्रममा बोल्दै राज्यमन्त्री डा. कार्कीले जनशक्तिसहित उपकरण, सिटि स्क्यान, एमआरआईको कमीलाई अब चाँडै पूर्ति गर्नेकुरामा मन्त्रालय लाग्ने बताएकी हुन् । 

उनले भनिन्, ‘आजबाट शुरु हुन लागेको क्याथ ल्याबमा पनि केही मेसिनहरुको समस्या रहेको कुरा आएको छ, यसमा हाम्रो ध्यानाकर्षण भएको छ । यसमा अध्ययन गर्नेछौँ, के गर्नुपर्छ हामी गर्नेछौँ । दरबन्दीको लागि के गर्न सकिन्छ, लोकसेवा परीक्षा चाँडो गराएर स्थायी दरबन्दी बढाउने कुरामा अघि बढ्नेछौँ ।’
 
मन्त्री कार्कीले लोकसेवाको परीक्षा चाँडो गराएर आवश्यक स्थायी दरबन्दी बढाउने कुरामा सरकार लाग्ने बताइन् । 

वीर अस्पतालमा सन् १९८५ मा क्याथ ल्याब सेवा शुरु भएको थियो तर २००० सालबाट बिस्तारै सेवा अवरुद्ध भएको थियो । त्यसपछि सन् २०२३ बाट पुनः सेवा शुरु हुन लागेको हो । सन् १९८५ मा राजा वीरेन्द्र वीरविक्रम शाहले नेपालमा पहिलोपटक वीर अस्पतालबाट नै क्याथ ल्याब सेवाको उद्घाटन गरेका थिए । 

Logo