एमाले सांसद कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन

एमाले सांसद कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेबाट निर्वाचित सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले पत्राचार गरेको छ ।

उनलाई पक्राउ गर्न गृहले प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको हो । कर्तब्यज्यान मुद्दामा तारेख गुजारी फरार महतोलाई पक्राउ गरी कानुनबमोजिम कारबाही अघि बढाउन गृहले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । उनी महोत्तरी-१ बाट निर्वाचित सांसद हुन् ।

 

Logo