आर्थिक मिडिया सञ्चालक संघको नयाँ कार्यसमिति चयन, अध्यक्षमा आचार्य

आर्थिक मिडिया सञ्चालक संघको नयाँ कार्यसमिति चयन, अध्यक्षमा आचार्य

केन्द्रबिन्दु
0
Shares

केटिएम भ्वाइस डटकमका रोयल आचार्यको अध्यक्षतामा इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)को नयाँ कार्यसमिति चयन भएको छ ।

बुधबार काठमाडौंमा सम्पन्न आर्थिक मिडिया सञ्चालकहरूको संस्था इमानको पहिलो अधिवेशनले आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कार्यसमिति उपाध्यक्षमा दैनिकी डटकमका माधव प्रसाद तिवारी र अर्थबजार डटकमका डिल्ली प्रसाद सापकोटा चयन भएका छन् ।

साथै संस्थाको महासचिवमा अर्थसरोकार डटकमका सुरज प्याकुरेल, उपमहासचिवमा अर्थतन्त्र डटकमका रामेश्वर कार्की र सचिवमा क्रसचेक मासिकका टंक कार्की चयन भएका छन् । कोषाध्यक्षमा रोजगार मिडियाका फणिन्द्रप्रसाद दाहाल र सह-सचिवमा आर्थिक प्लस डटकमका अमिर लामा र कार्यकारी सदस्यमा भने कर्पोरेट बजारकी अप्सरा गौतम चयन भएकी छन् ।

इमानमा हाल २२ वटा आर्थिक मिडियाहरु सदस्य छन् ।

Skip This
Skip This
Logo