नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै माघ १५ गतेका लागि तय गरिएको बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएको जानकारी दिए । दुईपटसम्म सरेको केन्द्रीय कार्यसमितिको बैठकमा आम चुनावको समीक्षा, समसामयिक राजनीति र विविध विषय छलफलका एजेण्डा रहेका थिए ।
यसअघि पुस २२ गतेको बैठक पुस २८ मा सारिएको थियो । तर पुस २८ बाट पनि सारेर माघ १५ मा पुर्याइको थियो। तर १५ माघका लागि तय भएको बैठक पनि अर्को सूचना जारी नभएसम्म लागि स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ । नेताहरूका अनुसार राष्ट्रपति निर्वाचनअघि अब कांग्रेस बैठक बस्ने सम्भावना छैन ।
गठबन्धन भत्किएपछि रक्षात्मक अवस्थामा रहेका सभापति शेरबहादुर देउवा केन्द्रीय समिति फेस गर्न डराएको आरोप लाग्दै आएको छ । साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएका विषयमा पनि कांग्रेसभित्र मतभेद छ ।






























प्रतिक्रिया