नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आज बस्दैछ ।
दुई दिनसम्म चल्ने बैठक आज बिहान साढे १० बजे ललितपुरको बालकुमारीस्थित एक बैंक्वेटमा बैठक बस्ने महासचिव बेदुराम भुसालले जानकारी दिए । प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनपछि पहिलोपटक बस्न लागेको बैठकलाई अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्नेछन् । उनले बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ। अध्यक्षले राजनीतिक प्रतिवेदन पेस गरेपछि केन्द्रीय सदस्यहरुले छलफल गर्नेछन् ।
उक्त प्रतिवेदनमा पछिल्लोपटक विकसित राजनीतिक परिस्थिति एवं घटनाक्रमका सन्दर्भमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तथा भावी कार्य योजनाबारे रणनीति निर्माणमा छलफल गरिने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकले आवश्यकताअनुसार केन्द्रीय नेताको जिम्मेवारी हेरफेरसमेत गर्नसक्ने जनाइएको छ । सङ्गठनको पुनर्गठन, पार्टीको भूमिका र गतिविधिलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल गरिने छ ।





























प्रतिक्रिया