नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर ढोक्सा थाप्नु नै गलत भएको बताएका छन् ।
आईतवार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले संसदजस्तो सार्वजनिक पदमा भने राष्ट्रिय सहमति नगर्नुले काँग्रेसले ढोक्सा थापेर अहिलेको गठबन्धनलाई तोड्ने काममा लागिपरेको बताए । उनले काँग्रेसले राष्ट्रपति र प्रधानमन्त्रीमा आफू बाहेक अरुलाई स्वीकार्न नसकेर हठातमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताए ।
उनले भने, ‘कांग्रेसको यस व्यवहारलाई सरकारमाथि विश्वास गरेको मान्न सकिँदैन । मैले त्यतिबेलै भनेको थिए मतदान मात्रै गरेको भए त ठीकै हो । ढोक्सा थापेको हो भने गल्ती हो । ढोक्सा बेलुका थापिन्छ । अँध्यारोमा माछा पार्न खोजिन्छ ढोक्सामा । बिहान भएपछि रित्तो ढोक्सा बोक्यो फेरि घर फर्क्यो ।’
अध्यक्ष ओलीले काँग्रेस पुनः सरकारमा आउनका लागि बल गरिरहेको बताए ।





























प्रतिक्रिया